News Portal

थपिए ३६५ जना कोरोना संक्रमित, ६०९ जना संक्रमण मुक्त

रातोपोस्ट संवाददाता
३५६ पटक

असोज २७, काठमाडौं । बुधवार पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ पुगेको छ । जसमध्ये १३ हजार १७२ जना होमआइसोलेशन, १ हजार ९५ जना संस्थागत आइसोलेशन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी, बुधवार ६०९ जना निको भएसँगै हालसम्म ७ लाख ७८ हजार ३५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्