News Portal

झापामा नेता वीरजङ्गको श्रद्धान्जली सभा सम्पन्न, वीरजंगको सपना पूरा गर्छाैं : सुमन

रातोपोस्ट संवाददाता
२९७ पटक

झापा, १० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी झापाले नेकपाका केन्द्रीय सदस्य स्वर्गीय वीरजङ्गको सम्मान र स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेकपा झापा जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् झापाका इन्चार्ज सुमन लिम्बुले स्वर्गीय वीरजङ्ग अत्यन्त इमानदार र क्रान्तिकारी पार्टी निर्माणका कुशल संगठक एवम् क्रान्तिका अभिभावक भएकाे बताए । उनले स्वर्गीय नेता वीरजङ्गको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरू दोषी भएको बताए ।

यसैगरि नेकपा झापाका जिल्ला सचिव प्रशान्तले वीरजङ्गको जीवनी र पार्टीमा गरेका योगदानबारे जानकारी गराएका थिए । यस्तै गरि कार्यक्रममा अन्य वक्ताहरूले महान् नेता स्वर्गीय वीरजङ्ग देश र जनताको पक्षमा निस्वार्थ स्वभावका हक्की र इमान्दार नेता गुमाएका छौँ, नेताको निधनले पार्टीलाई मात्र नभई कम्युनिस्ट आन्दोलनलाई नै अतुलनीय क्षति बेहोर्नु परेको र उहाँले देखाएको बाटो अडिग भई लाग्ने प्रतिबद्धता जनाएका थिए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् झापाका इन्चार्ज सुमन, नेकपाका केन्द्रीय सल्लाहकार सदस्य होम, दलित मुक्ति मोर्चा नेपालका केन्द्रिय सचिवलय सदस्य तथा मेचीकोशी ब्यूरोका संयोजक डिल्ली नेपालीलगायत नेताकार्यकर्ता उपस्थिति रहेको थियो । नेकपा झापाका सचिव प्रशान्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य सन्जयले गरेका थिए ।

प्रतिकृया दिनुहोस्