News Portal

प्रस्तावित तीन राजदूतहरुको नाम अनुमोदन

रातोपोस्ट संवाददाता
४२० पटक

काठमाडाैं, २० मंसिर । संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वसम्मत रुपले अनुमोदन गरिएको उनले बताए ।

उनले भने, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २५ र २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०७५ बमोजिम प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदको लागि योग्य देखिएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम उल्लेखित पदमा नियुक्तीको लागि प्रस्तावित श्री ज्ञानचन्द्र आचार्य, डा. शंकर प्रसाद शर्मा र प्रा. श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भयो ।’

प्रतिकृया दिनुहोस्