News Portal

२८० जना संक्रमण पुष्टि, २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३२८ पटक

काठमाडौं, २२ मंसिर । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्