News Portal

मकर नुहाउन गएका युवककाे तमाेर नदीले बगाएर ज्यान गयाे

रातोपोस्ट संवाददाता
३१६ पटक

पाँचथर, १ माघ । पाँचथरमा मकर नुहाउन गएका एक युवकको नदीले बगाएर ज्यान गएकाे छ । मकर नुहाउने क्रममा आज दिउँसो पाँचथरको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले बगाएकाे हाे ।

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब चार किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेकाे इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक केशव अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्