News Portal

मेगा बैकले दियो विपन्नवर्गका दुई छात्रालाई छात्रबृत्ति

रातोपोस्ट संवाददाता
१०७९ पटक

झापा, २ बैशाख । मेगा बैक नेपाल लिमिटेड काकाडभिट्टा शाखाले मेचीनगर नगरपालिका अन्तर्गत रहेका दुई बिद्यालयका छात्राहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रबृत्ति प्रदान गरिएको शाखा प्रबन्धक मोहन प्रसाद अर्यालले जानकारी दिएका छन । मेचीनगर वडा- ३ बौद्धमोड स्थित मेची जनसाधारण माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा बिद्या तामाङ्ग तथा सोही नगरपालिका वडा नं ७ सरस्वती टोल स्थित सरस्वती प्राथमिक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा बिनि तामाङ्गलाई छात्रबृत्ति प्रदान गरिएको हो ।

बुधबार मेची जनसाधारण मा.बि.को प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यपक चन्द्र शेखर गुरागाईले बैकले आफ्नो बिद्यालयकी छात्रा बिद्या तामाङ्गलाई प्रदान गरिएको आर्थिक सहयोग सो परिवारको लागि अत्यन्त आवश्यक रहेको र सो रकम तिनै छात्राको अध्ययनमा खर्च गर्न अभिभावकलाई आग्रह गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमलाल काफ्ले, प्रधानाध्यापक चन्द्र शेखर गुरागाई तथा मेगा बैक काकारभिट्टाका शाखा प्रबन्धक मोहन प्रसाद अर्यालले बिद्यार्थीको अभिभावकलाई सो छात्रबृत्ति हस्तान्तरण गरेकाे सो बिद्यालयका शिक्षक बलराम बाँस्तोलाले बताए ।

त्यसैगरी लक्ष्मी प्रा.बि. काकडभिट्टामा अध्ययनरत छात्रा बिनि तामाङ्गलाई सोही बिद्यालयको प्राङ्गणमा एक कार्यक्रमका बीच छात्रबृत्ति प्रदान गरिएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नबिन राई तथा बिद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र गिरीले मेगा बैकले प्रदान गर्ने यस्तो प्रकृतिको छात्रबृत्तिको प्रशंसा गर्दै बैकलाई धन्यबाद दिए । आफ्नी छोरीले बैकले प्रदान गरेको छात्रबृत्ति प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सो रकम छोरीकै शिक्षाको लागि खर्च गरिने छात्राकी आमा प्रमिला तामाङ्गले बताइन् । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैकले “शिक्षा नै ज्योति अभियान” अन्तर्गत प्रत्येक शाखाबाट २÷२ जना छात्राहरुलाई आर्थिक सहयोगको ब्यवस्था गरेको छ । बैकले विपन्नवर्ग, शारीरिक अशक्तता, अभिभावक गुमाएका वा अपाङ्गता भएका, बाल श्रमिक, सिमान्तकृत बर्गका कमजोर आर्थिक अवस्था भएका, प्राकृतिक प्रकोप प्रभावित र द्धन्दपीडित परिवारका छात्राहरु मध्येबाट छनौट गरी आर्थिक सहयोगको ब्यवस्था गरेको छ । बैकको यो अभियान २०७६ सालको शैक्षिक शत्रबाट सञ्चालनमा रहेको शाखा प्रबन्धक अर्यालले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्