News Portal

मतदाता परिचयपत्र हराएकाले पनि भोट हाल्न पाउने व्यवस्था हुँदै

रातोपोस्ट संवाददाता
३८३ पटक

काठमाडाैँ, २६ बैसाख । निर्वाचन आयोगले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएकाहरुले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म आयोगले यसबारेमा केही निर्णय नगरेपनि यसबारेमा आवश्यक निर्णय हुने विश्वास दिलाए ।

मतदाता परिचयपत्र मतदान प्रयोजनका लागि बनेको हो । तर मतदाता परिचयपत्र हराएकाहरुको लागि पनि प्रतिलिपि लिनका लागि आयोगले सूचना निकालेको थियो । त्यो समयमा निवेदन दिनेको हकमा प्रतिलिपि पनि बनेको छ ।

नहराएकाको पुरानै पनि छ’, प्रवक्ता शर्माले भने, ‘यति हुँदा पनि नभएकाको हकमा विगतमा आयोगले निर्वाचनको २–३ दिन अघि आफ्नो परिचय खुल्ने कागजातका आधारमा दिने भनेर निर्णय गरेको थियो । अहिले आयोगले निर्णय गरेको छैन । आशा गरौँ, त्यस्तो निर्णय होला ।’उनले विगतको तुलनामा अहिले यस पटकको निर्वाचन कम खर्चिलो हुने पनि बताए ।

प्रतिकृया दिनुहोस्