News Portal

काठमाडौंमा बालेनको अग्रता कायमै

रातोपोस्ट संवाददाता
५२४ पटक

काठमाडौ, २ जेठ । काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार २४८ मत पाएका छन् ।
वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४३४२ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ रहेकी छन् ।

प्रतिकृया दिनुहोस्