News Portal

शिवसताक्षीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान र म्यादी प्रहरीको मृत्यु

रातोपोस्ट संवाददाता
३३१ पटक

झापा, ११ जेठ । यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवान र एक म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला पथरी-शनिश्चरे- ८ निवासी २६ वर्षीय प्रकाश राई र भोजपुर जिल्ला षडानन्द नगरपालिकाका- २६ वर्षीय जितुहाङ राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन्, भने जितुहाङ भर्खरै म्यादी प्रहरीको जागिर खाएर बिदा भइसकेको जनाइएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा बुधवार बिहानको १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायात नामक बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । यता ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्