News Portal

अर्जुनधारामा १५ वर्षीया किशोरी बलात्कृत

रातोपोस्ट संवाददाता
४८८ पटक

झापा, ११ जेठ । झापाकाे अर्जुनधारामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कारको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्