News Portal

वडाअध्यक्ष तामाङले भने “जनताकाे सेवक भएर काम गर्छु “

रातोपोस्ट संवाददाता
४५५ पटक

झापा, १३ जेठ । झापाकाे मेचीनगरमा बिहीबार सफत खाएसँगै मेचीनगर नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष ललितबहादुर तामाङले पदभार समालेका छन् । आज (शुक्रबार) पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष तामाङले जनताकाे सेवक भएर जनताकाे सेवामा लाग्ने बताएका छन । जनताकाे सेवामा कुनै कम हुन नदिने उनले बताएका छन् । वडा अध्यक्ष तामाङले भने गत कार्याकालकमा भएकाे सेवालाई आत्मासाथ गर्दै थप जिम्मेवार भएर काम गर्ने उनले बताए ।

वडा अध्यक्ष तामाङले पहिलो दिन कर्मचारीहरुलाई सम्बोधन गर्दै कार्यालयमा सबै मिलेर जनताकाे सेवामा लाग्न आग्रह गरेका थिए । वडाका सचिव शम्भु पाैडेलले वडा अध्यक्ष तामाङलाई खादा अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा वडा कार्यालयका कर्मचारी कृष्ण कुमारी सुबेदीले सञ्चालन गरेकी थिइन् । वडा अध्यक्ष तामाडलाई पद्मा लुईटेल, राजेन्द्र कार्की, कमल मेचे, राजु बास्तोला, शम्भु मलिक, रमेशकुमार खतिवडा, मुना राईलगायतले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्