News Portal

मौसम सुधार भएसँगै सम्पर्कविहीन जहाज खोज्न पुनः हेलिकोप्टर परिचालन

रातोपोस्ट संवाददाता
५०६ पटक

मुस्ताङ, १५ जेठ । सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा पुनः हेलिकोप्टर परिचालन गरिएको छ। यसअघि खराब मौसमका कारण हराएको जहाज खोजीमा प्रयोग भएको फिस्टेल एयरको हेलिकोप्टर पोखरा फर्किएको थियो ।

मौसम सुधार भएसँगै फिस्टेल एयरको हेलिकोप्टर पुनः परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। त्यस्तै, नेपाली सेनाको हेलिकोप्टर पनि परिचालन भइसकेको छ। हालसम्म जहाजको अवस्थाबारे कुनै जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख रामकुमार दामीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्