News Portal

चुनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक

रातोपोस्ट संवाददाता
२९३ पटक

काठमाडाैँ, ८ असार । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बुधवार बस्ने भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो ३ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । गठबन्धनको बैठकमा नेकपा एसले मन्त्री फेरबदल गर्ने निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने बताएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेका गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समेत तालमेल गर्नेबारे छलफल शुरू हुने नेताहरूले बताएका छन् । सरकारले मंसिर पहिलो साता चुनाव गर्ने गरी असार मसान्तभित्रमा चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत पाँच दलका शीर्ष नेताहरू सहभागी हुँदैछन् ।

प्रतिकृया दिनुहोस्