काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो । देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौँ भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौँ ।’ काँग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् । यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।
- आजदेखि चलचित्र डिग्री माइला प्रदर्शन
- तेक्वान्दोका रोशन र बक्सिङकी त्रिशा झापा स्पोर्टस् अवार्डको उत्कृष्ट वर्ष खेलाडी
- आदिवासी समुदायले सिरुवा पर्व मनाउँदै
- पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल चयन
- दुर्गापुरमा बसले झारेको युवकको मृत्यु
- सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न
- कालिका सामुदायिक वनमा मृत भेटिएकाे हात्तीलाई गोली हानेर मारेको पुष्टि
- एनसेल टावरमा कुकर बम विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो
- कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ
- फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य