News Portal

झापामा चिनी, पाउडर दूध र सुपारी बरामद

रातोपोस्ट संवाददाता
२६० पटक

झापा, ३० साउन । झापाकाे काँकरभिट्टा र गौरीगञ्जबाट प्रहरीले चिनी, पाउडर दूध र सुपारी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ मा भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याएको २ सय केजी अर्थात् एक लाख मूल्य बराबरको पाउडर दूध बरामद गरेको छ भने प्रहरीले मेचीनगर-६ स्थित काठ मिल छेउबाट नेपालबाट भारततर्फ लैजाँदै गरेको ३० केजी सुपारी पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका- ५ स्थित जनता टोलस्थित मान्छे नबस्ने ग्वालीमा ३१ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैधरूपमा भन्सार छलेर लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले १ लाख ११ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद गरिएको चिनी, दूध पाउडर र सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्