News Portal

नेकपा विप्लव इलामकाे सचिवमा माैसम

रातोपोस्ट संवाददाता
३११ पटक

इलाम, १७ भदौ । नेपाल कम्युनिस्ट पार्टी इलामको सम्पन्न दोश्रो जिल्ला सम्मेलनले जितमान राई (मौसम) को नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएकाे छ ।

भदौ १६ गतेबाट सुरु भएको सम्मेलन इलाम सदरमुकाममा भव्य र्याली गर्दै खुल्ला सभा गरेर आज बन्दशत्र पछि उक्त कमिटिलाई निर्वाचित गर्दै सम्पन्न भएको हो ।

केन्द्रिय सल्लाहकार समितिका सदस्य होम खतिवडाले सचिव सहितको प्यानल प्रस्ताव गरेपछि सर्वसहमतिमा हलले सचिवसहित कमिटिलाई निर्वाचित गरेको थियो ।

बन्दसत्रमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य दिपेश राई, केन्द्रीय सदस्य सुमनसिंह पाैडेल र होम खतिवडाले प्रशिक्षण मन्तव्य राखेका थिए । जिल्लाले इलामको वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउन महत्वपूर्ण संश्लेषणसहितको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनले बलिदान गर्न सक्ने तहमा पार्टीलाई कसरी पुर्याउने र पार्टीको योजनाहरुलाई कसरी बोध गर्दै कार्यन्वयन गर्ने भन्ने विषयलाई केन्द्रमा राखेर आगामी योजनाहरु प्रस्तुत गरिएकाे थियो ।

बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता हुकुम मल्लले गरेका थिए भने सञ्चालन गोपि बस्नेतकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्