News Portal

सडक बनाएको केही समयमै झार उम्रिए पछि कार्बाहि गर्न वडा अध्यक्ष बरालको आग्रह

रातोपोस्ट संवाददाता
७१९ पटक

झापा, २१ पुस । झापाकाे मेचीनगर वडा नं. २ को वडा कार्यालय जोड्ने पहुँच मार्गको गुणस्तर खराब भएपछि वडा कार्यालयले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।

नगरको बजेटबाट नगरकै इन्जिनियरको निगरानीमा सो सडक कालोपत्रे गरिएको हुँदा त्यस्तो गुणस्तरहीन सडकको तत्काल अनुगमन गरी आवश्यक कार्वाही अघि बढाउन वडाका अध्यक्ष दिपक बरालले माग गरेका छन् ।

वडाध्यक्ष बरालले सो सडक बनाएको केही समयमै झार उम्रिएको र गुणस्तर खराब भएको सर्वसाधारण सबैले देख्न सकिने भन्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई मंगलवार औपचारिक पत्राचार नै गरेका छन् ।

नगरपालिका आफैले आफ्ना इन्जिनियर लगाएर बनाएको सडकको गुणस्तरमाथि प्रश्न उठ्ने स्थिति आउँदा त्यसको दोष वडा कार्यालय र वडाका जनप्रतिनिधिहरुलाई नलगाइदिन समेत उनले आग्रह गरेका हुन ।

नगरपालिकाले तत्काल अनुगमन गरी सुधारका लागि पहल नगरे वडा कार्यालयको तर्फबाट आवश्यक कार्वाही अघि बढाइने वडाध्यक्ष बरालले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्