News Portal

रास्वपाको कार्यवहाक सभापतिमा अर्याल

रातोपोस्ट संवाददाता
१७८ पटक

काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् ।

शुक्रबार साँझ बसेको पार्टीको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले बताए । शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

प्रतिकृया दिनुहोस्