News Portal

मेची उद्योग वाणिज्य संघकाे चुनावमा साझा नेतृत्व चयन गर्न : ४ दलकाे आह्वान

रातोपोस्ट संवाददाता
१७६ पटक

झापा, १४ माघ । झापाकाे मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघको नेतृत्व साझा बनाउनु सत्ता गठवनधनकाले आह्वान गरेको छ । शनिवार सत्ता गठवनधनमा आवद्ध राजनैतिक दलको बैठकले मेची उद्योग वाणिज्य संघको साझा नेतृत्वको लागि राजनैतिक दलहरुलाई आह्वान गरेको हो ।

सत्ता गठवन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले संघको सस्थागत बिकासका लागि आसन्न निर्वाचनमा सबै दल, बिचार समुदाय र व्यवसायीको प्रतिनिधित्वसहित साझा नेतृत्वको पक्षमा रहेको धारण समेत सार्वजनिक गरेको छ ।

नेकपा एमालेका नगर अध्यक्ष राजु पोखरल, नेकपा माओवादी केन्द मेचीनगरका अध्यक्ष राजन चिमरीया, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगरका अध्यक्ष भिम बहादुर कुवँर र जनता समाजवादी पार्टीका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङले हस्ताक्षर गरि सत्ता गठवन्धनको साझा धारण जारि गरिएको नेकपा एमाले झापा १ का संयोजक टीका मंग्रातीले बताए । संघको चुनावी साधारण गत माघ ६ गते सम्पन्न भएको थियो । संघको यही माघ २१ गते नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ ।

प्रतिकृया दिनुहोस्