News Portal

  • महिला व्यवसायीको मुद्दा बोकेकी सुनिता शर्मा

    रातोपोस्ट संवाददाता
    ७५ पटक

    झापा, १९ माघ । सौन्दर्य व्यवसाय गर्दै आएकी मेचीनगरकी सुनिता शर्मा मेची उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा उठेकी छिन् । सौन्दर्य व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने अभियानमा जुटेकी शर्मा यस अघि मेची उद्योग वाणिज्य संघको सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छिन् ।

    व्युटीपार्लर व्यवसायलाई समाजले राम्रो तरिकाले अझै हेरेको छैन । उनी आफै १८ वर्षदेखि त्यही व्यवसायमा सक्रिय छिन् । समाजमा परेको नकारात्मक भ्रम चिर्न आफ्नो उम्मेदवारी रहेको उनी बताउँछिन् । सामाजिक छविसमेत बनाएकी शर्मा सौन्दर्य व्यवसायी संघ मेचीनगर सचिव पनि हुन् । महिला व्यवसायीको पक्षमा लामो समयदेखि वकालत गर्दै आएकी उनले व्यवसायमा भोग्दै आएका समस्या हल गर्नुपर्ने अवसर र चुनौती दुवै देखेकी छिन् । त्यही भएर उनी चुनावी मैदानमा उत्रिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)