News Portal

आज काँकरभिट्टा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

रातोपोस्ट संवाददाता
१३४ पटक

झापा, १० चैत । आज काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । क्याम्पसमा आज बिहान ८ बजेदेखि सुरु हुने मतदान बेलुका ४ बजेसम्म हुने निर्वाचन अधिकृत हेमकुमार खड्काले बताए । कुल ६ सय १६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि मतदान सहज होस भन्नका लागि २ वटा केन्द्र स्थापना गरिएको छ ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका ५ वटा संघ, संगठनबाट ४/ ४ जना प्रतिनिधिको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । यस निर्वाचनले प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु समिति गठन गर्ने छ ।

झापाका अधिकांश क्याम्पसमा स्ववियु नेतृत्व चयन भइसके पनि काँकरभिट्टामा चयन हुन सकिरहेको थिएन । गत ५ गते तोकिएको निर्वाचन असहज परिस्थिती भएको भन्दै स्थगित गरिएको थियो । आज सम्पन्न मतदानले भने काँकरभिट्टा क्याम्पसले नयाँ स्ववियु नेतृत्व चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्