News Portal

  • माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’

    रातोपोस्ट संवाददाता
    ८४ पटक

    काठमाडौं, १४ चैत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

    खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’ उनले भने । उनले महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ध्यानकर्षणसमेत गराए ।

    उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौं । तपाईँहरुको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)