News Portal

अनुग्रह गृह मण्डलीले मनायो ख्रीष्टमस

रातोपोस्ट संवाददाता
२१० पटक

झापा । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा मेचीनगरभर मनाइएको छ । ख्रीष्टमसको अवसरमा मेचीनगर-५, माङहिम टोलस्थित अनुग्रह गृह मण्डलीले सांगीतिक कार्यक्रम गरी मनाइएको छ ।

अनुग्रह गृह मण्डलीका पाष्टर हरि थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेचीनगर ५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर-५ का वडा सदस्य मनकुमार लिम्बु, माया प्याकुरेल, देविमाया विक, पुष्प गेलाल, माङहिम टोलका अध्यक्ष रंगलाल गिरी, हात्तिसुडे टोलका अध्यक्ष तथा काकँरभिट्‌टा खानेपानी तथा सरसफाई संस्थाका सदस्य केदारजंग भट्टराई, अँधेरी टोलका अध्यक्ष अनन्त दाहाल, मंगलमय टोलका अध्यक्ष इन्द्र तामाङ, किरात समाजका अध्यक्ष किरण राई, बाल कल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र गिरी, नकलबन्दा सशस्त्र प्रहरी प्रमुख रमेश थापा,. दोकानडाँडा इङ्‌लिस स्कुलका प्रिन्सिपल नेत्र खतिवडा, गंगा मेमोरियल इङ्‌लिस स्कुलका शिक्षक सुरज तामाङ, मेचीनगर ५ को स्वास्थ्य चौकी इञ्चार्ज धनकुमारी राई, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक आरती उराँव, झापा जिल्ला महिला संगतिका सचिव कमला राई, बाहुनडाँगी इलाका महिला संगतिका सचिव रुपा विक, बाहुनडाँगी इलाका जवान संगतिका उपसचिव शिव विकलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ख्रीष्टमस भजन तथा तामाङ सेलो, साकेला नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन चम्पा तामाङले गरेकी थिइन् ।
ख्रीष्टियन धर्मावलम्बीहरुको विशेष दिन ख्रीष्ट येशु जन्मनु भएको दिन डिसेम्वर २५ मा सदियौंदेखि ख्रीष्टमस मनाइँदै आएको छ । येशु ख्रीष्टको महिमाको गुनगान गाँउदै प्रत्येक वर्षझैं यस वर्ष पनि मेचीनगरका विभिन्न मण्डलीहरुमा विविध कार्यक्रमका गरी ख्रीष्टमस मनाइएको छ ।
ख्रीष्टियन धर्मावलम्बीहरुले उक्त दिनमा उपहार आदान-प्रदान, भजनहरु गाउँदै, नाचगान गर्दै र येशुको महिमा गर्दै हर्षोउल्लासका साथ मनाइएको हो । येशू ख्रीष्टको जन्म यरुसलेमको बेथ्लेहेम सहरमा एक गरिब गाईको गोठमा भएको थियो ।

प्रतिकृया दिनुहोस्