मेचीनगर, २२ पुष । मेची उद्योग वाणिज्य संघले आयोजना गरेको स्वास्थ्य शिविरमा चार सय ७८ जनाले सेवा लिएका छन् । वाणिज्य संघले सोमबार आयोजना गरेको शिविरमा तीन बर्षका बालबालिकादेखि ९३ बर्षका ज्येष्ठ नागरिकले सेवा लिएका छन् । शिविरमा ओमसाई पाथिभरा हस्पीटल प्रा. लि. भद्रपुरको प्राविधिक सहयोग रहेको थियो भने मेचीनगर नगरपालिकाको सहकार्य रहेको थियो ।
शिविरमा जनरल फिजिसियन, स्त्री रोग, बाल रोग, नाककान घाँटी, हाडजोर्नी लगायतका रोगको सेवा दिइएको थियो । शिविरमा मेचीनगरका १५ वटै वडा, बुद्धशान्ति गाउँपालिकाका स्थानीयदेखि छिमेकी जिल्ला इलामका नागरिकलाई समेत सेवा दिइएको वाणिज्य संघका कार्यकारी निर्देशक गाेपाल बस्नेतले जानकारी दिए ।
शिविरमा एक सय १४ जनाको भिडियो एक्सरे, एक सय ३७ जना लाई निशुल्क चस्मा वितरण गरियो भने तीन सय ४९ लाई औषधी वितरण गरिएको जनाइएको छ । धुलाबारी स्थित राधास्वामी भवनमा शिविर सम्पन्न भएको थियो ।