News Portal

एक पटक प्रयोग गरिसकेपछि तेल पुनः तताएर प्रयोग गर्नुहुँदैन, किन ?

डा. ओममूर्ति अनिल
८०९ पटक

काठमाडौं, १८ मंसिर । तेललाई पटक–पटक तताउदा अल्डिहाइड नाम गरेको टक्सिन उत्पन्न हुन्छ। यस्तो तेलको सेवन गरेपछि यसमा भएका टक्सिनहरुले शरीरभित्रको प्रोटिन, इन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्‍याउन सक्छ।

सूर्यमुखीको तेल र भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो अनस्याचुरेटेड फ्याट नराम्रो ट्रान्स फ्याटमा परिणत हुनसक्छ। ट्रान्सफ्याट एक प्रकारको अनस्याचुरेटेड फ्याट हो, जसले नराम्रो कोलेस्ट्रोललाई बढाएर राम्रो कोलेस्ट्रोल (एचडीएल) घटाएर मुटुमा ब्लकेज (कोरोनरी हर्ट डिजिज) हुने सम्भावना बढाउछ। ट्रान्स फ्याटचाहिं स्याचुरेटेड एनिमल फ्याटभन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउँछ।

तेललाई पटक–पटक तताउँदा एक प्रकारको 4-Hydroxy-Trans-2-nonenal (HNE) नाम गरेको टक्सिन बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ।

प्रतिकृया दिनुहोस्