रातोपोस्ट संवाददाता
काठमाडौं, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । नारी दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरी नारीको हकहितसम्बनधी चेतना फैलाउँदै यो दिवस मनाइने गरिन्छ ।
त्यसैगरी अन्य कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिन्छ । नारी दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।