News Portal

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतमको अध्यक्षमा खड्का

रातोपोस्ट संवाददाता
३३६ पटक

काठमाडाैँ, १७ चैत्र । गाेरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा निवास ऐरी १८ वर्षदेखि पत्रकारितामा छन् । पत्रकारितामा एमफिल गरेका ऐरी डडेल्धुरा शान्ति समाजको संयोजक समेत भएका थिए ।

त्यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । उनी नेपाल पत्रकार महासंघकी पूर्व सचिव समेत हुन् । खड्का प्रेस सेन्टरमा आवद्ध रहेकी छिन् ।

प्रतिकृया दिनुहोस्