News Portal

भरतपुर महानगरपालिकामा गठबन्धन गर्ने सहमति

रातोपोस्ट संवाददाता
४४७ पटक

काठमाडाैँ, २२ चैत्र । चितवनको भरतपुरमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने पाँच दलीय गठबन्धन सहमत भएको छ । मंगलबार नेपाली काँग्रेसका भरतपुर महानगरपालिका सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले महानगरमा गठबन्धन गरेर जाने सहमति गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रबाट नै गठबन्धनले सहमत गरेको छ । सोही अनुसार जिल्ला र स्थानीय तहमा गठबन्धन गर्न दलहरु छलफलमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस्