News Portal

निर्वाचन आयोगले ७१ अधिकृतलाई हटाएर गर्‍यो नयाँ नियुक्त

रातोपोस्ट संवाददाता
४८७ पटक

काठमाडाैँ, २४ चैत्र । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई नियुक्त गरेको छ।

आयोगले बुधबार गरेको निर्णय अनुसार निर्वाचन व्यवस्थापनका लागि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये ७१ जनालाई हटाएको हो।
ती हटाएका निर्वाचन अधिकृतको ठाउँमा अरू ७१ जना अधिकृत तोकिइसकेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

‘विभिन्न कारणवश उहाँहरू उपस्थित हुन नसक्ने भन्ने खबर हामीलाई निवेदन प्राप्त भएपछि त्यसबमोजिम हामीले ७१ जनालाई हटाएर ७१ जना अरूलाई नै नियुक्त गरेका हौं,’ उनले पत्रकार सम्मलेनमा भने। यसअघि चैत १३ गते नै आयोगले निर्वाचन अधिकृतहरूको सूची सार्वजनिक गरेको थियो।

प्रतिकृया दिनुहोस्