News Portal

केपी ओलीले भने– गभर्नरलाई ‘बलिको बोको’ बनाइयो

रातोपोस्ट संवाददाता
५७५ पटक

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको बताएका छन्। सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ। उनीमाथि छानबिनका लागि समिति गठन गरेको छ।

काठमाडौंमा शनिबार आयोजित एमाले प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थ मन्त्री जनार्दन शर्मालाई जोगाउन सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरिएको आरोप लगाए। “देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, अर्थविद्, अर्थशास्त्रीलाई बर्खास्त गरियोे,” ओलीले भने, “राष्ट्र ब्यांकबाटै डेपुटी गभर्नर भएर आएका र अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाइयो।”

अर्थ मन्त्री शर्माको कमजोरी लुकाउन गभर्नर अधिकारीलाई कारबाही गरिएको उनको भनाइ थियो। “थतुनोभरी रौं भएको मुसाले धान खायो। एउटै रौ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो,” अध्यक्ष ओलीले भने, “धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, देशको अर्थतन्त्र ध्वस्त पार्‍यो। सोझो भ्यागुतोलाई कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र ब्यांकको गभर्नरलाई कारबाही गर्‍यो।”

गभर्नर अधिकारीले अर्थतन्त्र जोगाउने प्रयास गरेको ओलीको भनाइ थियो। यो कारबाही हेर्दा पनि देश गलत व्यक्तिहरूको हातमा रहेको प्रष्ट उनको जिकिर थियो। सत्ता गठबन्धनका नाममा अस्वस्थ प्रतिस्पर्धा भइरहेको ओलीको आरोप थियो। उनले भने, “राजनीतिक प्रतिस्पर्धा कस्तो भइरहेको छ भने अत्यन्तै अस्वस्थ।”

थप सामग्री : https://www.himalkhabar.com/news/129217

प्रतिकृया दिनुहोस्