रातोपोस्ट संवाददाता
झापा, ३० जेठ । गौरादहमा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
आज साँझ ५ बजेतिर गौरादह-१ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले सोही ठाउँका रामप्रसाद अधिकारीका ९ वर्षिय छोरा गौरव अधिकारीलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि दमक अस्पताल लगिएकोमा साँझ ५:४० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक कमल-१ बस्ने २६ वर्षिय बिनोद चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।