मेचीनगर, २३ असार । मेचीनगर नगरपालिकाले विहीबारको नगर सभामा सञ्चारकर्मीलाई थाहा नदिई बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो ।
हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा आम सञ्चाकर्मीलाई बोलाउने प्रचलनलाई यसपाली लत्याइएको छ । जनतालाई सही जानकारी र सूसुचित गराउन सञ्चारमाध्यमलाई रिपोर्टिङ गर्न आमन्त्रण गरिन्छ । तर, मेचीनगरले विहीबार सञ्चारकर्मीलाई खबर नै गरेन । जसका कारण आम मेचीनगरबासीले जानकारी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
केही पत्रकार ‘नगर सभा अरे’ भन्दै नगरपालिका पुगेका थिए । तर, केही क्षण बसेर उनीहरु फर्किएका थिए । नगर सभामा पुगेका मेचीनगरका एक सञ्चारकर्मीले भने, ‘स्थानीय सरकारले सूचनाको हकमा बन्देज लगाउने काम भएको जस्तो देखियो । जसले गर्दा आम नगरबासीलाई सही सूचना दिन नसक्ने अवस्था सिर्जित भएको छ ।’
आम नगरबासीको भाग्य र भविष्य जोडिएको बजेट प्रस्तुत हुने कार्यक्रममा नगर क्षेत्र भित्रै सञ्चारकर्मीहरुलाई थाहा नदिनु भनेको कतै मेचीनगर नगरपालिकाले सूचनाको हकमाथि ‘नाकी कस्दै त छैन’ भन्ने आशंका सिर्जना भएको छ ।
मेचीनगरकाे नगर सभामा नगरकै पत्रकारलाई थाहा दिइएन
रातोपोस्ट संवाददाता
- चारआली खानेपानीमा लाग्यो, चुनाव त्रिपक्षीय भिडन्तको सम्भावना
- मेचीनगरको सातपाखेमा भोलि सांगीतिक धमाका
- केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू
- काँकरभिट्टाका देशबहादुर
- ६ दलको एक आवाज : अबको आन्दोलन वार कि पार !
- व्यक्ति हुँदै टिस्टेटको नाममा पुगेको थियो सरकारी जग्गा, जहाँ चल्यो मेचीनगरको डोजर
- एउटा सपना छ: देशका लागि खेल्ने
- बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
- चारआली खानेपानीको नतिजा: दुई ठूला दलको आवरण अस्वीकार्य
- बाहुनडाँगी जेसीजमा लाग्यो चुनाव