News Portal

झापामा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

रातोपोस्ट संवाददाता
३४९ पटक

झापा, ११ साउन । झापामा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृतक साइकल यात्रीको पहिचान नखुलेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका- ५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बर टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका- ५ बस्ने ३१ वर्षीय सुजन वाईवालाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्