रातोपोस्ट संवाददाता
झापा, १७ साउन । झापाको गौरादह–९ को कमल खोलामा नुहाउन गएका १८ वर्षीय उज्ज्वल खरेल वेपत्ता भएका छन् ।
आज दिउँसो साथीहरुसँग नुहाउन गएका खरेल पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी कार्य गरिरहेका छन् ।
प्रहरीका अनुसार खरेल कमल–१ निवासी डिल्लीप्रसाद खरेलका छोरा हुन् । पानीमा डुबेर बेपत्ता भएपछि उनका साथीहरुले परिवारलाई खबर गरेका थिए ।
खोजी कार्यमा २९ जना प्रहरी परिचालित भएको बताइएको छ । चन्द्रगढीस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यालयबाट समेत प्रहरीको टोली खोजीमा जुटेको छ ।