रातोपोस्ट संवाददाता
एजेन्सी, २५ साउन । पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ । झापा जिल्ला घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।
पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तैयारी भइरहेको छ।
उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले जनाएको छ ।
‘राजवंशीको निधनको खबरले हामीलाई दुखित तुल्याएको छ। यस दुःखद घडीमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ एनआरएनए एक विज्ञप्ति जारी गर्दै भनेको छ।