News Portal

नेपाल–भारतको पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी सहमत

रातोपोस्ट संवाददाता
२८० पटक

झापा, ५ भदौ । नेपाल तथा भारतको पर्यटन प्रवद्र्धन गर्न दुवै देशका पर्यटन व्यवसायीहरु सहमत भएका छन् । दुवै देशका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको विकासमा जोड दिएका हुन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश नम्बर १ ले शनिबार मेचीनगरको मेची क्राउन होटलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी पर्यटन व्यवसायीले अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्न सके दुवै देशलाई फाइदा पुग्ने बताए । कार्यक्रमका दुवै देशका होटल तथा पर्यटन व्यवसायीले १ नम्वर प्रदेशको धार्मिक एवम् पर्यटकीय स्थलको विकास र प्रवद्र्धनमा एकसाथ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । त्यसका लागि भारतबाट आउने पर्यटकलाई नाका क्षेत्रमा सहज आउजाउको वातावरण सिर्जना गर्नुपर्ने बताए । अन्तरक्रिया कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले आफ्ना सुझाव र योजनाहरु सुनाएका थिए ।

कार्यक्रममा प्यानल डिक्सकसन समेत गरिएको थियो भने नेपालको तर्फबाट प्रदेश नं १ को धार्मिक तथा पर्यटकीय गन्तव्यको वृत्तचित्र देखाइएको थियो ।

टाका प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन नाटाका प्रदेश महासचिव नविन खरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्