झापा, ६ भदौ । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
पेशागत महासंघ केन्द्रीय सदस्य मदनप्रसाद खतिवडाको सभापतित्व तथा नेकपा एकीकृत समाजवादीका पोलिट व्युरो सदस्य श्री महेश रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि रेग्मीले मंसिरमा हुने संघीय तथा प्रदेशको निर्वाचनमा पार्टीलाई संगठित गर्दै लैजानुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शारदा शर्मा, जिल्ला अध्यक्ष वेदराज रेग्मी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, हिक्मतबहादुर बस्नेत, प्राज्ञ शुभद्रा भट्टराईलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी संगठनका झापा जिल्ला अध्यक्ष निरोज कट्टेलले गरेका थिए ।