News Portal

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले चुनावमा भाग नलिने

रातोपोस्ट संवाददाता
४९५ पटक

काठमाडौं, १२ भदौ । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)ले चुनावमा भाग नलिने बताएको छ। पार्टी अध्यक्ष बास्तोलाले निर्वाचन बहिष्कार गर्ने पार्टीको नीति रहेको बताएका हुन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बास्तोलाले अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने बताए।

बाँस्तोलाले भने, ‘यो व्यवस्था नै जनताविरोधी छ। यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ। यसबाट जनताले केही पाउँदैनन्।’ उनले यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिहरुले जित्ने बताए।

फरक प्रसंगमा उनले सरकारले तीन बुँदे सहमति तत्काल कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिए। तत्कालीन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको बताए। नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने, पार्टीका नेता-कार्यकर्ताहरूमाथि लगाएका मुद्दा फिर्ता गर्ने सहमति भएको थियो।

प्रतिकृया दिनुहोस्