झापा, १३ भदौ । हरितालिका तिजकाे अवसरमा मेचीनगरका महिला दिदिबहिनीसँग राप्रपाले छुट्टै तरिकाले तिज मनाएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले आज चारआलीमा एक कार्यक्रमकाे आयाेजना गरि विपन्न तथा ज्यालादारी मजदुरहरुलाई कपडा तथा दर खाने सामाग्री वितरण गरि तिज मनाएकाे हाे ।
पार्टीका नगर अध्यक्ष सबिना बजगाइले नगर भित्र रहेका गरिव तथा मजदुर दिदिबहिनीलाई कपडाका साथै दरका सामाग्री वितरण गरि पार्टीले तिज मनाएकाे उनले बताईन् । कार्यक्रममा नगर अध्यक्ष बंजगाईले तिज भड्किलाे बन्दै गएको अवस्थामा बिपन्न तथा मजदुर दिदिबहिनीका लागि हाैसला प्रदान गर्ने उद्वेश्यले तिज मिलन कार्यक्रम आयाेजना गरेकाे जानकारी दिईन् ।
कार्यक्रममा पार्टी सदस्य देवीमाया शिवाकोटी, महिला संगठनका जिल्ला सदस्य कुशुम कटुवाल, नगर सदस्य मेघराज कार्की, पार्टीका वडा अध्यक्ष भिम कार्की लगायतकाे उपस्थिति रहेको थियाे ।