News Portal

मेची नदीले बगाएको युवकको शव भेटियो

रातोपोस्ट संवाददाता
२७२ पटक

झापा, १४ भदौ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव मंगलबार बिहान भेटिएको छ। सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भूपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव भेटिएको प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो । उनको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर ३ दोभानमा आज बिहान साढे ७ बजे फेला परेको डीएसपी पाठकले बताए । सामुएलसँगै उनका साथी पनि गएका थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएको थियो ।

प्रतिकृया दिनुहोस्