News Portal

चुनावी सभालाई सम्बाेधन गर्न एमालेका अध्यक्ष ओली आज इटाभट्टामा

रातोपोस्ट संवाददाता
२२७ पटक

मेचीनगर, १ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न आज मेचीनगरमा आउने भएका छन् ।

नेकपा एमालेले आज मेचीनगर- ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए ।

उनका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व खाली चौरमा आमसभा हुनेछ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज विहान ११:३० बजे आउने भएका छन् ।

झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबिना बजगाई उम्मेद्वार रहेका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खरेलले पार्टीका अध्यक्ष ओलीबाट झापा १ का आम मतदाताहरुका लागि चुनावी सन्दर्भमा महत्वपूर्ण सन्देश लिएर आउने भएकाले सबै आमावुवा, दिदीबहिनी र दाजुभाइलाई आमसभामा सहभागिताका लागि अपिल गरेका छन् ।

मंसिर ४ को चुनावपछि मुलुकमा नेकपा एमालेको सरकार बन्ने र त्यसको नेतृत्व पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएकाले झापा १ का मतदाता ओलीको चुनावी सभालाई भब्य र सफल बनाउन आतुर रहेको प्रदेश १ (क)का उम्मेद्वार कोइरालाले बताए ।

प्रतिकृया दिनुहोस्