News Portal

देशभर ६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित

रातोपोस्ट संवाददाता
२२१ पटक

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार सम्पन्न मतदानमा ६१ प्रतिशत मात्रै मत खसेको छ । यो मत प्रतिशत न्यून रहेको र यसबाट आम निर्वाचनप्रति मतदाताको आकर्षण नदेखिएको पुष्टि गरेको विश्लेषकहरुको भनाइ छ ।

काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभर ६१ प्रतिशत मत खसेको जानकारी दिए । केही स्थानको विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्न सक्ने उनको भनाइ छ ।

बिहानको स्थिति निराशाजनक रहे पनि दिउँसो केही उत्साहजनक रुपमा मत खसेको उनले आइतबार साँझ आयाेजित पत्रकार सम्मेलनमा बताए ।

देशभर शान्तिपूर्णरुपमा मतदान भए पनि केही स्थानमा विवाद र झडपका घटना भएकाले १५ वटा मतदानस्थलमा मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ । ती स्थानमा दुईदिनभित्रै पुनः मतदान गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्