News Portal

नगर प्रमुख बुढाथोकीद्वारा हाेटल व्यवसायीको भवन शिलान्यास

रातोपोस्ट संवाददाता
२३८ पटक

झापा, १३ पुस । झापाकाे मेचीनगरका नगर प्रमुख गाेपालचन्द्र बुढाथाेकी मेची हाेटल व्यवसायीकाे नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । बुधबार नगर प्रमुख बुढाथोकीले मेचीनगर- ६ मनमोहन टोलमा रहेकाे दुई तल्लाकाे नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका हुन । संघले ६ धुर जग्गामा निर्माण शुरु गरिएको भवन निर्माणकाे लागि नगरले १० लाख रुपैयाँ दिएकाे छ भने ३५ लाख रुपैयाँ कुल लागत अनुमान गरिएको मेची हाेटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार (गोपाल) श्रेष्ठले जानकारी दिए ।

६ महिनाभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माणका लागि ठेक्का दिइसकेको अध्यक्ष श्रेष्ठले बताए । शिलान्यास कार्यक्रममा मेचीनगर वडानम्बर- ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, संघका पूर्व अध्यक्ष दिलकुमार पाख्रिन, सचिव नरेन्द्रप्रकाश सिटौलालगायतको सहभागिता रहेको थियो ।व्यवसायी

प्रतिकृया दिनुहोस्