News Portal

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

रातोपोस्ट संवाददाता
२०८ पटक

पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज आइतबार उद्घाटन गरेका छन्। पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन्।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत रहेको छ। समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो।

शुरुमा विमानस्थलबाट आन्तरिक उडान मात्र हुने बताइएको छ। अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेकाले अन्तर्राष्ट्रिय उडान शुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

प्रतिकृया दिनुहोस्