रातोपोस्ट संवाददाता
पाँचथर, २१ पुस । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईलाई मातृशोक परेको छ । कान्तिपुर दैनिकका इलाम संवाददाता समेत रहेका भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो ।
भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् । उनका ३ छोरा, ३ बुहारी, २ छोरी, २ ज्वाइँ र नाति–नातिना छन् ।