News Portal

सामाजिक सञ्जालमार्फत ठगी गर्ने मेचीनगरकी युवतीसहित दुई जना पक्राउ

रातोपोस्ट संवाददाता
२२७ पटक

झापा, २५ पुस । विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा मेचीनगर नगरपालिका–८ बस्ने ३७ वर्षीया बिममाया मगर र भारत दार्जिलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिमलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको फेसबुक म्यासेन्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै प्रलोभनमा पारी डलर र उपहार पठाई दिएको छु रिसिभ गर्नुहोला भनी उपहार पठाएको जस्तो भान पर्ने गरी सो को भर्पाई पठाएको र पीडितले रकम आवश्यक छैन भन्दा उल्टै मनी लन्ड्रिङमा फस्नु भइसक्यो भन्ने धम्की दिएको बताइएको छ । यदि सोबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाईँको वाट्सएप नम्बरमा आएको बैङ्क खातामा रकम जम्मा गरिदिनु भनी डर त्रासमा पारी विभिन्न मिति र समयमा अनलाइन मोबाइल बैङ्किङमार्फत विभिन्न बैङ्क खाताहरूमा पटक–पटक रकम पठाउन लगाएको उनीहरूमाथि आरोप छ ।

उनीलाई विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस्