News Portal

गण्डकी प्रदेशमा पनि आज सभामुख चयन हुँदै

रातोपोस्ट संवाददाता
२३४ पटक

कास्की, ३० पुस । गण्डकी प्रदेशसभाले आज नयाँ सभामुख पाउँदै छ । प्रदेशसभा सचिवालयले गरेको सभामुख चयनको मिति र तालिकाअनुसार आज ३ः ०० बजेको बैठकले नयाँ सभामुख चयन गर्नेछ । नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफुहरूमध्येबाट प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् ।

यस्तो छ निर्वाचन तालिका
१. बिहान ११ : ०० बजेदेखि दिनको १ः०० बजेसम्म सभामुखका लागि प्रस्ताव दर्ताको सूचना गर्ने ।
२.मध्यान्ह १ : ३० बजे सूची प्रकाशन गर्ने ।
३. दिउँसो ३ : ०० बजे प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने ।

Laxmi bank
गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीकातर्फबाट गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल चहुने निश्चित जस्तै छ । सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै भएको थियो ।

प्रमुख प्रतिपक्ष दल काग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ । ६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।

प्रतिकृया दिनुहोस्