झापा, १ माघ । शिक्षक संघ मेचीनगरको अध्यक्षमा शान्ता निरौला सर्वसम्वत निर्वाचित भएकी छिन् । शनिवार धुलावारी माविमा सपन्न संघको दोस्रो अधिवेशनाले निरौलालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । दिपेन्द्र प्रावि मेचीनगर ४ की प्रधानाध्यापक निरौला विभिन्न संघ संस्थामा सफल नेतृत्व गरिसक्नु भएकी महिला नेतृ हुन् ।
संघको महिला उपाध्यक्षमा सीता कार्की, उपाध्यक्ष खुल्लामा देवेन्द्र निरौला, सचिवमा निरन गौतम, अर्थ सचिवमा खड्गकुमारी तिम्सिना, सह सचिवमा राजेश भट्टराई, सह सचिव (महिला) अञ्जु भट्टराई, अर्थ सहसचिवमा विशाल भट्टराई, समावेशी सहसचिवमा मिरा मेचे, सहसचिव समावेशीमा पवित्रा दर्नाल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा टिका खतिवडा, शारदा निरौला, सुर्य ढुङ्गाना, गोमा घिमिरे कट्टेल, तुलसा उप्रेती, प्रविण दियाली, खगेन्द्र कुमार सुवेदी र निलु शर्मालाई चयन गरेकाे छ । त्यसैगरी अधिवेशनबाट अन्य सदस्यहरुमा भुपाल राजवंशी, पुष्पा पोखरेल, डिल्लीमाया प्रधान, शन्तलाल माझी, गिता कटुवाल दिलकुमार मेचे, अनिता भट्टराई, कम्बर कुमार श्रेष्ठ, चोपेन्द्र चौहान, कृष्णमाया क्षेत्री, अम्बिका भण्डारी र कमला बस्नेत सर्वसम्वत चयन भएका निवर्तमान सचिव अमिर भण्डारीले बताए ।
संघका नगर अध्यक्ष होम ढकालको सभापतित्व तथा शिक्षक संघ झापाका सभापति नेत्र खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, महांसघ झापाका संस्थापक अध्यक्ष तथा जिल्ला प्रतिनिधि तेजप्रसाद चौलागाई, नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश दाहाल, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेललगायतले निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव टेकेन्द्र ढकालले गर्नु गरेका थिए ।