News Portal

पाँचपोखरी वनको अध्यक्षमा एकीकृत समाजबादीका चेतन आचार्य निर्वाचित

रातोपोस्ट संवाददाता
२९० पटक

झापा, १७ माघ । पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा एकीकृत समाजबादी झापा जिल्ला सदस्य चेतन आचार्य निर्वाचित भएका छन् । मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन । उनले प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १ सय ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

आचार्यले ३ सय ६४ मत प्राप्त गरे भने न्यौपानेले १ सय ८५ मत मात्र प्राप्त गरेका थिए । सामाजिक रुपमा क्रियाशिल आचार्य यस अघि अध्यक्षमा उपविजेता बनेका थिए । सामुदायिक वनको क्षेत्रमा निरन्तर क्रियाशिल रहेर ३ वर्षपछि पुन अध्यक्षमा उम्मेदवारी दिँदै निर्वाचित बनेका थिए । उनी यस क्षेत्रका हरेक युवाहरु माझ लोकप्रिय युवाका रुपमा परिचित रहेका छन ।

यसैगरी वनको उपाध्यक्षमा श्याम धिमाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी झोमनाथ दाहाललाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन । धिमालले ३ सय ३१ मत प्राप्त गर्दा दाहालले १ सय ७४ मत प्राप्त गरेका थिए ।

सचिव पदमा बबिता चौधरीले ३२५ मत ल्याएर विजयी बनिन् । सहसचिव पदमा खेम मगरले २ सय ३ मत ल्याएर विजयी भएका थिए । यसैगरी कोषाध्यक्ष पदमा मन्दिरा दनुवारले २ सय ९५ मत ल्याएर विजयी भइन् । वनको निर्वाचनमा जम्म ६ सय ११ मत मध्ये ५ सय ६४ मत खसेको थियाे ।

प्रतिकृया दिनुहोस्