झापा, २३ माघ । खोला ठेक्का लगाएर सम्झौता नगरको भन्दै ठेकदार व्यवसायीहरुले मेची नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । आज खोला ठेक्का लगाएर सम्झौता नगरेको भन्दै ठेकदार व्यवसायीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरपालिकाले सुचना निकाली राजश्व बुझाई सके पछि पनि नगरपालिकाले खोला ठेक्काको सम्झौता नगरेको कारणले तालाबन्दी गर्नु परेको एक व्यवसायीले बताए । तालबन्दी पछि उत्पन्न समस्या समाधान गर्न अहिले मेचीनगरमा छलफल भइरहेको छ । दुवै पक्षबीच छलफल भइरहेको र वार्ता सहमति नजिक पुगेको नगरपालिका स्रोतले जनाएको छ । यस्तै?, करार कर्मचारीको तलब निकास नभएको भन्दै कर्मचारीले नगरपालिका घेराउ गरेका छन् । पुस महिनाको तलब करार कर्मचारीले तलब पाएका छैनन् । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उनीहरुको तलब तुरुन्त निकासा गर्न प्रशासनलाई निर्देशन दिएका छन् । मेचीनगर १ सय ८६ करार कर्मचारी छन् ।
- चारआली खानेपानीमा लाग्यो, चुनाव त्रिपक्षीय भिडन्तको सम्भावना
- मेचीनगरको सातपाखेमा भोलि सांगीतिक धमाका
- केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू
- काँकरभिट्टाका देशबहादुर
- ६ दलको एक आवाज : अबको आन्दोलन वार कि पार !
- व्यक्ति हुँदै टिस्टेटको नाममा पुगेको थियो सरकारी जग्गा, जहाँ चल्यो मेचीनगरको डोजर
- एउटा सपना छ: देशका लागि खेल्ने
- बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
- चारआली खानेपानीको नतिजा: दुई ठूला दलको आवरण अस्वीकार्य
- बाहुनडाँगी जेसीजमा लाग्यो चुनाव